समाचारनेपाली कांग्रेस

सल्यानमा काँगे्रसको तर्फबाट राहत वितरण

सल्यानमा दार्मा गाउँपालिकामा नेपाली काँग्रसले राहत वितरण गरेको छ । नेपाली काँगे्रसका स्थानीय नेता एवं पूर्व जनप्रतिनिधि भेदबहादुर सिङको चौथो बार्षिकीका अवसरमा राहत वितरण गरिएको तरुणदल दार्माको सल्लाहकार एवं वीपी विचार राष्ट्रिय समाज सल्यानका जिल्ला सदस्य विशाल सिंङले जानकारी दिनुभयो ।
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना त्रासलाई मध्यनजर गदै १६५ बोरा चामल, नुन, तेल सावुन एकएक पोका, मास्क ३०० पिस वितरण गरिएको बताइएको छ । राहत वितरण सुरक्षित तवरबाट गरिएको बताइएको छ । भेदबहादुर वि।सं २०४९ सालमा जननिर्वाचित सदस्य बन्नुभएको थियो ।
राहत वितरण यस्तो भएको थियो
प्रेस विज्ञप्ती
अहिले संसार (covid-19) कोराना भाइरसको महामारीबाट अाक्रान्त भएको छ । हाम्रो देश नेपाल पनि त्यसको उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठन (WHO) ले भनिसकेको छ । कोरोना महामारी नियन्त्रण गर्न नेपाल सरकारले विविध अापतकालिन निर्णय गरेको छ । त्यसको फलस्वरूप हामी लामो लकडाउनमा परेका छौँ । यातायात लगायतका थुप्रै सार्वजनिक सेवाहरु बन्द भएकोले हाम्रो गाउँघरमा त्यसको प्रत्यक्ष असर परेको छ ।
त्यसै शिलशिलामा हाम्रो परिवारको अग्रज बुवा/जिजुबुवा, स्थानीय समाजसेवी, राजनीतिज्ञ तथा प्रजातन्त्र स्थापनापछिको पहिलो जननिर्वाचित जनप्रतिनिधि स्व. भेदबहादुर सिंहको चौथो वार्षिकस्मृतिको अवसरमा हामी उहाँका छोरा/नाति दत्तबहादुर सिंह, मानबहादुर सिंह र विशाल सिंहले यही मिति 2076/12/16 गतेका दिन अाइतबार हाम्रो दार्मा गाउँपालिका वडा-५ का स्थानीय अशक्त, असाहय, विपन्न र निम्न अार्थिक स्थितिका जाति वर्गमा रहेका अामाबुवा तथा दाजुभाइ/दिदीबहिनी एकसय पैसठ्ठी (165) घरधुरीलाई प्रतिघर एकबोरा चामल/तेल/नुन/साबुन/मास्क वितरण गरेका छौँ ।

यस राहत कार्यमा सहजीकरण गर्नमा सहयोग गर्नुहुने जिल्ला प्रसासन कार्यालय, जिल्ला प्रहरी कार्यालय सल्यान, जिल्ला समन्वय समिति सल्यान, तुलसीपुर वडा कार्यालय, दार्मा गाउँपालिका साथै हाम्रो सिंगो जिल्ला/स्थानीय पार्टीका नेतागण तथा कार्यकर्ता, संचारमाध्याममा समाचार प्रसारण गरेर सहयोग गर्ने पत्रकार मित्रहरू साथै हाम्रो सानो सहयोग स्विकार्नुहुने सबै दार्मा-५ का अादरणीय दाजुभाइ/दिदिबहिनी हरुलाई हार्दिक अाभार प्रकट गर्दछौं ।
यस कार्यमा साथ दिने हाम्रो सिंगो सिंह परिवारलाई पनि अाभार प्रकट गर्दछौं ।
हाम्रो परिवारको अभिभावक, समाजसेवी र प्रेरणाका स्रोत स्वर्गीय भेदबहादुर सिंहको समझनामा अागामी दिनमा थप सामाजिक कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।
धन्यवाद !
विशाल सिंह
विपी विचार राष्ट्रिय समाज सल्यान सदस्य
तथा तरुणदल दार्माको सल्लाहकार ।
nema
Show More

Related Articles

Back to top button