समाचार

सेयर बजारमा हरियाली छाउने संकेत

लाभांशको सिजनमा समेत निकै सुस्त रहेको सेयर बजार परिसूचक नेप्सेले लय समात्न थालेको संकेत देखाएको छ । १७ दिन पश्चाचत अर्थात् ११ औं कारोबार दिन भदौ १८ गते सोमबार आएर १२ सय अंक माथि पुगेको छ । लगातार ओरालो लागिरहेको सेयर बजारले आशा जगाएको हो ।
साताको दोस्रो दिन सोमवार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १५ दशमलव ९८ अंकले बढेर एक हजार २ सय ६ दशमलव २६ अंकमा पुगेको छ ।
सोमबार सेयर लगानीकर्ताकाहरुले बैंकर्स संघका पदाधिकारीलाई भेट गरि सस्तो ब्याजदरमा मार्जिन कर्जा उपलब्ध गराउन र सेयर बजारमा समस्या सम्बोधन गर्न पहल गर्न समन्वयकारी भूमिका निभाउन बैंकर्स संघलाई ज्ञापनपत्र बुझाएपछि लगानीकर्तामा आत्मविश्वास थपिँदा पनि बजारले गति लिएको आंकलन गरिएको छ ।
सोमवार होटल र अन्य बाहेकका उपसूचकमा हरियाली छाएको छ । यस दिन एक सय ६९ वटा कम्पनीका ५४ करोड ६० लाख रुपैयाँ बराबरका सेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।
सोमवारको बजारमा सबैभन्दा बढि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १० करोड बरारको कारोवार हुँदा एनआइसी एसिया बैैँकको ३ करोड बढिको कारोवार भयो । लक्ष्मी बैैँक तथा कावेली विकास बैैकका सेयर धनीले करिव १० प्रतिशतका दरले कमाई गर्दा ङादी ग्रुप पावरका सेयरधनीले १० प्रतिशतका दरले नोक्सानी ब्यहोनुप¥यो ।

nema
Show More

Related Articles

Back to top button