समाचार

पूर्वी नेपालमा एक सय भन्दा बढी चिया बगान एक सातादेखि बन्द

२२ चैत, काठमाडौैँ÷ पूर्वी नेपालका झण्डै ४५ हजार चिया मजदूर आन्दोलनमा उत्रिएपछि एक सयभन्दा बढी चिया बगान र प्रशोधन कारखाना एक सातादेखि बन्द भएका छन् । श्रम ऐनले तोके अनुसारको ज्याला पाउनु पर्ने माग राखेर चिया मजदूर आन्दोलित भएका हुन् ।

मजदूर आन्दोलनका कारण चिया बगानमा हरियो पत्ती टिप्ने र तयारी चिया उत्पादन गर्ने लगायतका सबै काम ठप्प भएका छन् । सरकारले श्रम ऐनमा चिया मजदुरको ज्याला तीन सय ८५ रुपैयाँ तोकेको छ । तर, मजदुरले दुई सय ७८ रुपैयाँ भन्दाबढी ज्याला पाउन सकेका छैनन् ।

श्रम ऐनले तोकेअनुसारको पारिश्रमिक चिया उद्योगले नदिएपछि पूर्व घोषित कार्यक्रमअनुसार इलाम, पाँचथर झापा, धनकुटा र तेह्रथुमका करिव ४५ हजार मजदूर एकैपटक आन्दालनमा उत्रिएको मजदूर नेता सन्तकुमार राईले बताए । ऐनले तोके अनुसार ज्याला नपाए आन्दोलन जारी रहने चिया मजदूरको अडान छ ।

nema
Show More

Related Articles

Back to top button