समाचारविश्व

काबुलमा बम आक्रमणः दुई प्रहरीको मृत्यु

काबुल÷ अफगानिस्तानको राजधानी काबुलमा बम आक्रमण हुँदा दुई प्रहरी अधिकारीको मृत्यु भएको छ। बिहिवार भएको आक्रमणमा तीन जना घाइते छन् ।
काबुलको पञ्जसादमा रहेको एक प्रहरी चौकीलाई लक्षित गरेर सो बम आक्रमण भएको आशंका गरिएको छ। विस्फोटबाट घाइते भएका प्रहरीलाई अस्पताल भर्ना गरिएको छ ।
हालसम्म आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छैन्। यद्यपि, विस्फोटमा तालिबान लडाकू समूहको संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ।
काबुलमा केही वर्षयता आतंककारी आक्रमणमा तिब्रता आएको छ । गत आइतबार पनि काबुलमा एक राजनीतिक कार्यलयमा आक्रमण गरिएको थियो। सो आक्रमणमा २० जनाको मृत्यु भएको थियो भने ५० जनाभन्दा घाइते भएका थिए।

nema
Show More

Related Articles

Back to top button