विश्व

साउदी अरबको एयरपोर्टमा मिसाइल आक्रमणः कम्तिमा २६ घाइते

काठमाडौं ÷ यमनी विद्रोही समूह हाउठीले साउदी अरेबियाको अभा एयरपोर्टमा मिसाइल आक्रमण गर्दा कम्तिमा २६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा केहि विदेशी समेत रहेको बताइएको छ ।
घाइतेमध्ये महिला र बालबालिका समेत छन् । उनीहरुलाई नजिकको अस्पतामा लगिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
तर कस्तो किसिमको मिसाइल आक्रमण भएको भन्ने पुष्टि भइनसकेको अलजजिराले जनाएको छ । तर इरानी उच्च प्रविधिको हतियार भएको कुरा सरकारी विज्ञप्तिमा उल्लेख छ ।
बिहीबार भएको उक्त घटनाबारे पूर्ण विवरण भने आउन सकेको छैन ।

nema
Show More

Related Articles

Back to top button