विश्व

‘उत्तर कोरियाले युद्धको सम्भावना बढाएको रक्षा विशेषज्ञको निश्कर्ष

सोल ÷ रक्षा विशेषज्ञले उत्तर कोरियाले बिहीबार गरेको मिसाइल परीक्षणले युद्धको सम्भावना बढाएको निश्कर्ष निकालेका छन् । उत्तरले छोटो दुरीमा सटिक प्रहार गर्नसक्ने क्षमताका मिसाइल परीक्षण गरेको उनीहरुको दाबी छ ।
साथै उनीहरूको भनाइमा अहिले उत्तर कोरियाले छोटो दुरीका तर प्रभावकारी, सटिक प्रहार गर्ने र आणविक हतियारसमेत बोक्ने मिसाइल विकास गरिरहेको छ। बिहीबारको परीक्षणका तस्बिर अध्ययन गरी रक्षा विशेषज्ञले यस्तो निष्कर्ष निकालेका हुन्।
उनीहरूका अनुसार अमेरिका–दक्षिण कोरियासँग युद्ध भइ हाले उत्तर निकै प्रभावकारी लडाइँ गर्ने क्षमता विकास गरिरहेको छ। पहिलो परीक्षण नगरिएका शस्त्रास्त्र गत शनिबार उत्तर कोरियाले त्यहाँका नेता किम जोङ उनको उपस्थितिमा परीक्षण गरेको थियो।
उसले तुलनात्मक रूपमा साना तर तीव्र गतिका र गति परिवर्तन गर्न मिल्ने मिसाइल परीक्षण गरेको अनुमान विशेषज्ञको छ। उनीहरूले यस्ता मिसाइल युद्धमा बढी प्रभावकारी हुने र प्रक्षेपणसमेत सजिलै लुकाउन सकिने बताएका छन्।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले शुक्रबार जारी गरेका तस्बिरको अध्ययनबाट बिहीबार र गत शनिबार एकै खालका मिसाइल परीक्षण गरिएको दाबी पनि रक्षा विशेषज्ञको छ।एजेन्सी

Show More

Related Articles

Back to top button