विश्व

चन्द्रयान–२ चन्द्रमाको कक्षमा प्रवेश, भदौ २१ गते चन्द्र सतहमा उत्रने

एजेन्सी– भारतले चन्द्र अभियानअन्तर्गत पठाएको चन्द्रयान–२ मंगलबार चन्द्रमाको कक्षमा प्रवेश गरेको छ । मंगलबार बिहान भारतीय समयानुसार ९ बजेर २ मिनेटमा चन्द्रयान–२ चन्द्रमाको कक्षमा स्थापित भएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ ।
चन्द्रमाको कक्षमा पूर्णरुपमा स्थापित हुन चन्द्रयान–२ लाई करिब आधा घण्टा समय लागेको भारतीय अन्तरिक्ष एजेन्सी (इसरो) ले जनाएको छ ।
२३ दिनसम्म पृथ्वीको परिक्रमा लगाएको यानलाई चन्द्रमाको कक्षसम्म पुग्न सातदिन लागेको थियो । अब यो यानले १३ दिनसम्म चन्द्रमाको परिक्रमा गर्ने बताइएको छ । यसपछि भने आगामी सेप्टेम्बर ७ तारिख ९भदौ २१ गते० चन्द्रयान–२ चन्द्र सतह दक्षिणी ध्रुवमा उत्रिने छ । इसरोका प्रमुखले सिवनले यो मिसनको सबैभन्दा जटिल यात्रा पूरा भएको जानकारी दिएका छन् ।
ल्याण्डर र रोबरले चन्द्र सतहमा १५ दिनसम्म विभिन्न अनुसन्धान तथा अध्ययनको काम गर्ने छन् ।
चन्द्रयान–२ गत जुलाई २२ तारिखमा प्रक्षेपण गरिएको थियो । त्यसअघि नै जुलाई १५ मा प्रक्षेपण गर्ने योजना भए पनि प्राविधिक खराबीका कारण प्रक्षेपणको मिति पछाडी सारिएको थियो ।
यो अभियान सफल भए भारत चन्द्रमामा यान पठाउन सफल विश्वको चौथो राष्ट्र बन्ने छ ।

nema
Show More

Related Articles

Back to top button