विश्वसमाचार

चीनद्धारा कैलाश मानसरोवर जाने भारतीयलाई भिसा दिन रोक

भारतले संविधानको धारा ३७० निष्प्रभावी बनाएर जम्मू–कश्मीरबाट स्वायत्तता खोसेपछि त्यसको विरोधमा रहेको चीनले कैलास मानसरोवर यात्राका लागि भारतीय नागरिकलाई भिसा दिन रोक लगाएको छ ।
हिन्दू भारतीयको प्रमुख आकर्षणको केन्द्रका रुपमा रहेको मानसरोवर जान भारतीय तिर्थ यात्रीहरुलाई चीन सरकारले रोक लगाएको हो । हाल कैलाश मानसरोवर यात्राको सिजन चलिरहेको छ र नेपाल तथा चीनको मार्ग हुँदै धेरै भारतीय त्यहाँ जाने गरेका छन् ।
जम्मू–कश्मीरबाट विशेष राज्यको दर्जा अन्त्य गरी राज्यलाई केन्द्र शासित दुई प्रदेश बनाउने घोषणा भारत सरकारले गरेको हो ।
चीनले त्यसको विरोध गरेको छ र सोही विरोध स्वरुप भारतीयलाई मानसरोवर यात्राका लागि भिसा दिन रोकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Show More

Related Articles

Back to top button