समाचार

कोरोना भाइरसबाट डराउनुपदैन ः मन्त्री डा.युवराज खतिवडा

२२ फागुन
सरकारले कोरना भाइरस अर्थात कोभिड–१९ को संक्रमण हुन सक्ने जोखिमलाई उच्च प्राथमिकतामा राखेर सुरक्षा अपनाएकाले डराउनुपर्ने अवस्था नरहको बताएको छ ।
आज मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम अर्थमन्त्री युवराज खतिवडाले यस्तो जानकारी दिनुभएको हो ।
अहिलेसम्म नेपालमा कोभिड–१९ नदेखिएको भन्दै उहाँले तेस्रो मुलुकबाट आउने यात्रुमाथि चेकजाँच गरिएको र शंकास्पदलाई निदान गर्ने काम चलिरहेको बताउनुभयो । हवाई यात्रुलाई स्क्रिनिङ गरी संक्रमणको संकेत देखिए क्वारेनटाइनमा राख्ने तयारी सरकारले गरेको मन्त्री खतिवडाको दाबी छ ।

nema
Show More

Related Articles

Back to top button