breakingसमाचार

जेठ ५ गतेसम्म लडडाउन लम्ब्याउने मन्त्री परिषद बैठकको निर्णय

२४ बैशाख, काठमाडौैँ
सरकारले विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जेठ ५ गतेसम्म लकडाउन थप गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय थप गर्दै जेठ ५ गतेसम्म र्पुयाएको हो । कोरोना भाइरस (कोभिड(१९) संक्रमणको जोखिम बढ्दै गएपछि लकडाउनको समय बढाएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिनुभयो ।
सरकारले आन्तरिक र अन्तर्रा्ष्ट्रिय उडान मे १५ अर्थात् जेठ २ गतेसम्म बन्द गर्ने यस अगाडि नै निर्णय गरिसकेको छ । सरकारले पछिल्लोपटक थपेको १० दिने लकडाउन भोलि सकिदै छ । संक्रमणको जोखिम कायमै रहेको विश्लेषण गर्दै हिजो बसेको (कोभिड(१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन थप्न सुझाव दिएको थियो ।
सरकारले गत चैत ११ गतेदेखि निरन्तर लकडाउनको समय थपिरहेको छ । निरन्तर थपिएको लकडाउनका कारण देशको अर्थतन्त्र डामाडोल भएको छ । यसैबीच, सरकारले भोली साँझ देशभरि घरघरमा दीप प्रज्वलन गर्न आग्रह गरेको छ । बुद्ध जयन्तिको अवसर पारेर कोरोनाभाइरसविरूद्ध लडिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गरेको हो ।

nema
Show More

Related Articles

Back to top button