समाचारनेपाली कांग्रेस

स्वाव संकलन स्थथित गर्ने सरकारको निर्णय प्रति काँग्रेसको आपत्ती

धनगढी, २५ जेठ– सुदूरपश्चिम प्रदेश सरकारले कोरोना संक्रमित व्यक्तीहरुको स्वाव संकलन बन्द गर्ने निर्णय प्रति नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलले आपत्ती जनाएको छ । सरकारको स्वाव संकलन स्थगतको निर्णयले जनतामा झन् बढी त्रास उत्पन्न हुनुको साथै लकडाउन पालना गरेका तथा क्वारेन्टाईनमा बसेका नागरिकहरु आतंकित भएको काँग्रेसले ठहर गरेको छ ।
नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलका नेता डा। रणबहादुर रावलले आईतबार प्रेस बिज्ञप्ती प्रकाशित गरी यस्तो बिषम घडीमा सरकार नागरिकको स्वास्थ्य संग जिवनमरण एबम् जनचासोको बिषयमा गम्भीर नदेखिएको बताएको छ ।
‘अहिले कोरोनाको संक्रमणसंग पुरै विश्व एक भएर लडिरहेको छ’ बिज्ञप्तीमा भनेको छ –‘ नेपाली काँग्रेस प्रमुख प्रतिपक्षी दल भएपनि कोरोनाको संक्रमण बाट नेपाल र नेपालीको रक्षा गर्ने यो घडीमा सबै खाले विमतिबाट माथी उठेर नेपाली कांग्रेसले सरकारलाई हरसंम्भव सघाउंदै आएको छ ।
चिकित्सक र पिसीआर परिक्षण सम्बन्धी प्रदेशका सबै स्थानिय तहमा उपलब्ध गराई तत्काल स्वाव संकलन गरी परिक्षण गराई सुदूरपश्चिम प्रदेशमा विश्व स्वास्थ्य संगठनको माप दण्ड संघिय सरकारले अबलंबन गरे अनुसार क्वारेन्टाईहरुमा खानपान, आवास, स्वास्थ्य सेवा र सुरक्षा लगाएतका अतिआवश्यक सुबिधा यथासिघ्र प्रबन्ध मिलाउन सुदूरपश्चिम प्रदेश सरकार संग नेपाली काँग्रेस संसदीय दलले जोडदार माग गरेको छ ।

nema
Show More

Related Articles

Back to top button