समाचार

नेप्सेमा आजदेखि दुई बाणिज्य बैँक र एक विकास बैँकको शेयर कारोबार रोक्का

२२ असार, काठमाडौैँ÷ नेपाल स्टक एक्सचेन्जमा आइतबारदेखि दुई बाणिज्य बैँक र एक विकास बैँकको शेयर कारोबार रोक्का भएको छ । ग्लोबल आइएमई बैंक, जनता बैंक र कैलाश विकास बैंकको शेयर कारोबार रोक्का भएको हो । मर्जर तथा प्राप्ति सम्झौता गरेपछि यी बैंकहरुको आजदेखि कारोबार रोक्का भएको नेप्सेले जनाएको छ । गत शुक्रबार ग्लोबल आइएमई बैंक र जनता बैंकबीच मर्जर सम्झौता भएको थियो । त्यस्तै सोही दिन प्राइम बैंकले कैलाश विकास बैंकलाई प्राप्ति गर्ने सम्झौता गरेको थियो । कारोबार रोक्का भएको यी बैंकहरुको मर्जर तथा एक्विजिशन प्रक्रिया पुरा भएपछि नयाँ बन्ने बैंकको नामबाट शेयर कारोबार सुचारु हुने नेप्सेले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button