समाचार

वर्तमान सरकार अधिनायकवादतर्फ अगाडी बढ्योः काँगे्रस नेता केसी

नेपाली काँगे्रसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले वर्तमान सरकार अधिनायकवादको दिशातर्फ अगाडी बढेको आरोप लगाएका छन् । बीपी विचार समाज उदयपुरले १ सय ६ औैँ वीपी जयन्तीका अबसरमा वीपीको विचार वर्तमान अवस्था तथा दोस्रो जागरण अभियान विषयक विचार गोष्ठीमा केसीले जननायक वीपी कोइरालाको आदर्श तथा सिद्धान्त बिना काँगे्रस मजवुत हुन नसक्ने दाबी गरे । पूर्व मन्त्री समेत रहेका प्रमुख अतिथि केसीले काँगे्रसको जनजागरण अभियानले कम्युनिष्ट सरकारको असली नियतबारे जनता जागरुक बन्ने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा नेपाली काँगे्रसका केन्द्रीय सदस्य धनराज गुरुङले दोस्रो चरणको जागरण अभियानले काँगे्रसलाई बलियो बनाउने तर्क गरे । विशिष्ट अतिथि गुरुङले वीपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नारालाई पार्टीले सार्थक बनाउनुपर्नेमा जोड दिए ।
उक्त कार्यक्रममा नेपाली काँगे्रस नुवाकोटका सभापति जगदिशनरसिँह केसी,काँगे्रसका उदयपुर सभापति बिदुर बस्नेत, संघीस सांसद एवं पार्टीकी केन्द्रीय सदस्य लक्ष्मी परियार, प्रदेश सांसद सन्जा दनुवार, संघीय सांसद प्रमिला राई, तथा नेपाली काँगे्रस उदयपुरका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
वीपी विचार समाज उदयपुरका सभापति भुपेन्द्र थापाको सभापतित्वमा कार्यक्रम भएको थियो ।

nema
Show More

Related Articles

Back to top button