समाचार

सञ्चारकर्मी र सञ्चारमाध्यहरुका लागि राहत प्याकेज घोषणा गर्न प्रेस युनियनको माग

 
१२ बैशाख, काठमाडौैँ
नेपाल प्रेस युनियनले सञ्चारकर्मी र सञ्चार माध्यमहरूका लागि राहतको प्याकेज घोषणा गर्न सरकारसँग आग्रह गरेको छ । युनियनका अध्यक्ष बद्री सिग्देलले आज एक प्रेस विज्ञप्ति जारी गरेर कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिमा चुनौतीको सामना गर्दै सूचना सम्प्रेषण गरिरहेका सञ्चारकर्मी र सञ्चारमाध्यमहरूका लागि राहतको विशेष प्याकेज घोषणा गर्न आग्रह गर्नुभएको हो ।
 
विज्ञप्तिमार्फत अहिले सञ्चालनमा रहेका सञ्चारमाध्यमका हितमा समयमै सोच्न सरकारलाई अनुरोध गरिएको छ । युनियनले अहिलेको परिस्थितिका कारण समस्यामा परेका सञ्चारकर्मीलाई युनियनको केन्द्रीय कार्यसमितिदेखि प्रतिष्ठान समितिसम्म सम्पर्क गर्न आग्रह गर्दै अध्यक्ष सिग्देलले समस्यामा परेका सञ्चारकर्मीलाई सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button