समाचारअन्तर्वार्ता
नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेता बने ओली
![](https://www.onlinekhabar.com/wp-content/uploads/2018/03/Kp-oli-1.jpg)
एमाले र माओवादी मिलेर नेकपा पुनर्गठन गरेपछि शनिबार बसेको संंसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीलाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।
उपनेता, प्रमुख सचेतक, सचेतक भने चयन हुन बाँकी छ ।
यसअघि एमालेले सुवास नेम्वाङलाई उपनेता बनाएको थियो भने खगराज अधिकारीलाई प्रमुख सतेचक र शान्ता चौधरीलाई सचेतकको जिम्मेवारी दिएको थियो ।
माओवादी केन्द्रमा प्रचण्ड संसदीय दलको नेता र देव गुरुङ प्रमुख सचेतक थिए ।
२०७५ जेठ ५ गते १२:५७ मा प्रकाशित
साभार अनलाइनखबर
![nema](https://bpbichar.com/wp-content/uploads/2021/02/ezgif-5-564eeda8000c.gif)