समाचार

प्रहरीको नियन्त्रणमा रहेका ज्ञानेन्द्र शाही २४ घण्टापछि रिहा

काठमाडौं ÷ भष्ट्राचार विरोधी अभियन्ताको रुपमा आफूलाई चिनाउँदै आएका ज्ञानेन्द्र शाहीलाई प्रहरीले सोमबार रिहा गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरको नियन्त्रणमा २४ घन्टा रहेका शाहीलाई जिल्ला प्रशासन कार्यालयको निर्देशनमा रिहा गरिएको परिसरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए।
शाहीलाई प्रहरीले आइतवार दिउँसो ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो। शाहीले पत्रकार सम्मेलन गरिरहेको समयमा केही युट्युवरहरु बिच सामान्य झडपको अवस्था सृजना भएको थियो। सम्मेलनमा पुगेको प्रहरीले स्थिति नियन्त्रणमा लिन भन्दै उनलाई नियन्त्रणमा लिएको थियो ।
गत शनिवार राति नेपालगञ्जबाट काठमाडौं आउन लागेको बुद्ध एयरलाइन्सको विमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईकै कारण एक घण्टा ढिलो भएको भन्दै शाहिले विरोध गरेका थिए । नेपालगञ्ज प्रकरणका बारेमा पत्रकार सम्मेलन गदैगर्दा शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

nema
Show More

Related Articles

Back to top button