समाचार

मनसुन आजदेखि देशभर सक्रिय

काठमाडौं– गत वर्षभन्दा दश दिन ढिलो गरी भित्रिएको मनसुन बिहिवारदेखि(आज) देशभर सक्रिय भएको छ ।
देशको मध्य र पूर्वी भू–भागमा मनसुन बढी सक्रिय रहेको र पश्चिमी क्षेत्रमा न्यूनचापीय रेखा बनेकाले मनसुन कम सक्रिय रहेको जल तथा मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ ।
यो समयमा वर्षा लगातर नभई छिनमै घाम लाग्ने छिनमै पानी पर्ने मौसमविदको भनाई छ । आज देशको पूर्वी र मध्य भू–भागको तुलनामा पश्चिमी भू–भागमा कम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
“पश्चिममा बनेको न्यूनचापीय रेखाले पश्चिमी भू–भागहरुमा मनसुन कम सक्रिय भएको बताइएको छ । राति देशको मध्य र पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button