breakingसमाचारनेपाली कांग्रेस

विकासका नाममा जथाभावी प्रकृति दोहन : पूर्वराष्ट्रपति यादव

१५ माघ, काठमाडौैँ÷ पूर्वराष्ट्रपति डा. रामवरण यादवले विकासको नाममा गरिने प्रकृति दोहनलाई रोक्नुपर्ने बताउनुभएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित ढोरबाराही मन्दिरमा आज पूजाअर्चनापछि पत्रकारसँग कुराकानी गर्दै उहाँले विकासका नाममा जथाभावी प्रकृति दोहन भएको आरोप लगाउनुभयो ।
वनजङ्गल नेपालको सम्पत्ति भएकाले उहाँले वनजङ्गल जोगाउन सरकारलाई आग्रह समेत गर्नुभएको छ । विमानस्थल, राजमार्गलगायत निर्माण गर्दा वनजङ्गलको फँडानी भएको भन्दै चिन्ता ब्यक्त गर्नुभयो ।
उहाँले चुरे संरक्षणका लागि आफूले पटक–पटक आवाज उठाउँदै आएको बताए पनि चुरे भएर राजमार्ग बनाउने तयारी भएको भन्दै आपत्ति जनाउनुभयो । भूगोलका हिसाबले भारत, चीन नेपालभन्दा ठूलो भए पनि प्रकृतिका हिसाबले नेपाल संसारकै धनी देश भएको उहाँको भनाई छ ।

nema
Show More

Related Articles

Back to top button