breakingसमाचारविचारवी पी विचार

४०० मिटर महिला दौडमा रमितालाई स्वर्ण, नयाँ राष्ट्रिय कीर्तिमान कायम

२०७९ कात्तिक १ गते

१ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ४०० मिटर महिला दौडमा एपीएफकी रमिता कुमारी थारुले स्वर्ण पदक जितेकी छन् । उनले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन् ।

पोखरा रंगशाला ट्रयाकमा मंगलबार बिहान सम्पन्न दौडमा रमिताले ५८.१० सेकेण्ड टाइमिङ सहित स्वर्ण जितेकी हुन् ।

उनले ह्यान्ड टाइमिङमा दिलमाया कार्कीको नाममा रहेको ५८.५० सेकेण्डको कीर्तिमान तोडेकी हुन् ।

दिलमायाले २०१० मा ढाकामा उक्त कीर्तिमान बनाएकी थिइन् । चार सय मिटर महिलामा दिलमाया र प्रमिला रिजालको नाममा ५९.९० सेकेण्डको इलेक्ट्रिक टाइमिङको कीर्तिमान छ ।

४०० मिटर पुरुष दौडमा पनि राष्ट्रिय कीर्तिमान, आर्मीका सोमले जिते स्वर्ण

बर्दियाकी २४ वर्षीया रमिताले राष्ट्रिय खेलकुदमा पहिलो स्वर्ण जित्दा खुशी लागेको प्रतिक्रिया दिइन् । ‘एकदमै उत्साही छु, राष्ट्रिय गेममा पहिलो स्वर्ण जित्दा,’ उनले भनिन्, ‘एपीएफले हामीलाई राम्रो प्ल्याटफर्म दिएको छ । स्कुल लेभलदेखि नै दौडन थालेकाले दौडमा धेरै रुचि छ ।’

रमिताले यस उपब्धिका लागि आफ्नो परिवारदेखि सबै प्रशिक्षकहरुलाई धन्यवाद दिइन् ।

त्रिभुवन आर्मी क्लबकी निर्मला थापाले १ मिनेट ००.१४ सेकेण्ड टाइमिङसहित रजत जितिन् । एपीएफकै कल्पना श्रेष्ठले १ मिनेट ००.७० सेकेण्ड टाइमिङ सहित कास्य जितिन् ।

copied from online khabar

nema
Show More

Related Articles

Back to top button