समाचार

प्रदेश १ मा मन्त्रिपरिषद विस्तारको तयारी

५ माघ, काठमाडौैँ÷ प्रदेश नम्बर १ का मुख्य मन्त्रि शेरधन राइले मन्त्रिपरिषद बिस्तारको तयारी गर्नुभएको छ । ४ राज्यमन्त्री थप गरेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको हो । प्रदेश १ मुख्यमन्त्री कार्यलयकाअनुसार आइतबार दिउँसो ३ बजे मन्त्रीको सपथ ग्रहणको कार्यक्रम राखिएको छ । नयाँ मन्त्री हुनेहरुमा पूर्वएमालेबाट ३ र पूर्वमाओवादी केन्द्रबाट १ जनाको नाम आएको छ । पूर्वएमालेबाट भौतिक पूर्वाधार राज्यमन्त्री अमीर बाबु गुरुङ, उद्योग वन तथा वातावरण राज्यमन्त्री जसमाया बिक, कृषि राज्यमन्त्री राम रानामगर र पूर्वमाओवादीका तर्फबाट विजय विश्वास सामाजिक विकास राज्यमन्त्री हुने भएका हुन्।
योसँगै प्रदेश १ को मन्त्रीमण्डल ९ सदस्यीय हुने भएको छ। अहिलेलाई राज्यमन्त्री बनाउने र केही समयपछि पूर्णमन्त्री बनाउने गरी गृहकार्य भइरहेको बताइएको छ ।

nema
Show More

Related Articles

Back to top button