समाचार

कोरोनाका कारण मृत्यु हुने बढेपछि सरकारलाई काँगे्रसको सात प्रश्न

कोरोना भाइरसका कारण मृत्यु भएका युवकलाइ बेलैमका अस्पताल किन नलगिएको भन्दै प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले सरकारलाइ प्रश्न गरेको छ । आज प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी अघिल्लो दिनदेखि नै पटकपटक वान्ता गरेको, स्वास फेर्न कठिनाइ भएको, ज्वरो आएको थाहा हुँदाहुँदै अस्पताल किन नलगिएको भनी प्रश्न गर्नुभएको हो ।
एम्बुलेन्स चालक असुरक्षित भएर एम्बुलेन्स उपलब्ध नभएको भए चालकलाई किन सुरक्षा सामग्री उपलब्ध नगराएको भनी कांग्रेसले सोधेको छ । मृत्यु भएपछि ती युवकको शव दिनभर क्वारेन्टाइन बनाइएको विद्यालयको चौरमा राखिएकामा पनि कांग्रेसले विरोध जनाएको छ ।
शव उठाउन युवकको परीक्षण रिपोर्ट प्रतिक्षा गरिएको भए चाँडै रिपोर्ट तयार पार्न पहल गर्नुपर्ने कांग्रेसले बताएको छ ।
 
नेपालमा कोरोनाको पहिलो संक्रमित भेटिएको चार महिना पुग्न लाग्दासम्म पनि क्वारेन्टाइनको यस्तो अव्यवस्थित स्थिति हुनु सरकारको गम्भीर लापरबाही भएको प्रवक्ता शर्माले बताउनुभएको छ । कांग्रेसले बाँकेको क्वारेन्टाइनमा युवकको मृत्यु भएको घटनालाई गम्भीरतापूर्वक लिएको भन्दै घटनाबाट शिक्षा लिंदै गम्भीर भएर काम गर्न सरकारलाई सचेत गराएको छ ।

nema
Show More

Related Articles

Back to top button