समाचार

आज विश्व रेडियो दिवस

१ फागुन, काठमाडौैँ
आज विश्व रेडियो दिवस । नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । स्पेनको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, सामाजिक तथा सास्कृतिक सङ्गठन युनेस्कोले सन् २०११ देखि फेब्रुवरी १३ लाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको हो । रेडियोलाई महत्वपूर्ण सञ्चार माध्यमको रुपमा सम्मान गर्न, प्रसारकबीचको अन्तर्राष्ट्रिय समन्वय र सहयोगमा सुधार गर्न, ठूला नेटवर्क र समुदायिक रेडियोले सूचनाको पहुँचलाई बढावा दिन प्रेरित गर्ने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।
दिवसका अवसरमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) ले काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेको छ । विश्वमा व्यावसायिक रेडियो प्रसारण सुरु भएको एक सय वर्ष भएको छ । नेपालमा भने रेडियो प्रसारण सुरु भएको ६९ वर्ष पुगेको छ । नेपालमा पहिलोपटक भोजपुरबाट २००३ सालमा रेडियोको प्रसारण सुरु भएपनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि विराटनगरबाट प्रजातन्त्र रेडियोका नाममा प्रशारण सुरु भएको हो । सरकारीस्तरबाट २००७ साल चैत २० मा सिंहदरबारमा रेडियो नेपालको स्थापना गरिएको थियो भने २०५२ सालदेखि एफएमको प्रसारण सुरु भएको हो । नेपालमा अहिले इजाजत प्राप्त एफएम रेडियोको संख्या सात सय ४० पुगेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button