समाचार

बाढी, पहिरो र डुबानमा परि मृत्यु हुनेको संख्या ७१ पुग्यो

३१ असार, काठमाडौैँ÷ देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ७१ पुगेको छ । उदयपुरको रौतामाई गाउँपालिकामा गएराती पहिरोमा परेर र बाढीमा बगेर दुइजनाको मृत्यु भए संगै मृतकको संख्या ७१ पुगेको हो । पहिरोले घरसहित बगाउँदा बेपत्ता भएकी गहिरीगाउँकी ५५ वर्षीया रणमाया रिखाम मगर र स्थानिय छौडिया खोलामा आएको बाढीमा बेपत्ता भएका नौ वर्षीय आर्यन तामाङको आज बिहान शव फेला परेको हो । गृह मन्त्रालयको पछिल्लो विज्ञप्ति अनुसार विपद्का कारण ३१ जिल्ला बढी प्रभावित भएका छन् । पानीको श्रोत दुषित बन्दा सरुवा रोगको जोखिम उच्च बनेको छ । बाढी पहिरोमा परी हालसम्म ३१ जना बेपत्ता रहेका छन् । यसैगरी ३८ जना घाइते भएका छन् भने १६ हजार ५ सय २० घरपरिवार विस्थापित भएका छन् । विदमा परेकाहरुमध्ये ३ हजार ३ सय ६६ जनालाई उद्धार गरिएको छ । उद्घार तथा राहतको कामलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहका निकाय क्रियाशील रहेको गृह मन्त्रालयले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button