breakingसमाचार

सञ्चारमन्त्री बाँस्कोटालाई बर्खास्त गर्न माग गदै काँग्रेसद्धारा राष्ट्रियसभा अवरुद्ध

८ फागुन
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गर्न माग गर्दै राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । राष्ट्रियसभाको आजको बैठक सुरु हुना साथ कांग्रेस सांसदहरु आ आफ्नो स्थानमा उभिएर राष्ट्रियसभा बैठक अवरुद्ध गरेका हुन् ।
नेपाली कांग्रेसका सांसद जीतेन्द्र देवले मन्त्रीलाई बर्खास्त गरेर छानविन गर्नुपर्ने माग राख्नुभयो । साथै यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभालाई जवाफ दिनुपर्ने उहाँको माग छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग भएको कुराकानीमा सञ्चारमन्त्री बास्कोटाले कमिसनबारे कुराकानी गरेको अडियो सार्वजनिक भएको थियो । अर्को बैठक १५ फागुनमा बस्नेछ ।

nema
Show More

Related Articles

Back to top button