breakingनेपाली कांग्रेससमाचार

धर्म परिवर्तनले देशमा द्धन्द बढ्ने खतरा भयो ः पूर्वराष्ट्रपति यादव

२७ मंसिर, काठमाडौैँ÷ पूर्वराष्ट्रपति डा. रामवरण यादवले धर्म परिवर्तनले देशमा द्वन्द्व बढ्ने खतरा रहेको बताएका छन । धर्मका नाममा राजनीति नगर्नसमेत कांग्रेस नेतृत्वलाई पूर्वराष्ट्रपति यादवले आग्रह गरे। महामन्त्री शशांक कोइरालालाई लक्षित गर्दै यादवले नेपाल धर्म निरपेक्ष देश भएकाले धर्मका विषयमा राजनीति गर्नु संविधानको मर्म विपरित हुने बताए।
तर, उनले धर्म परिवर्तनको खेलले देशमा द्वन्द्वको खतरा हुने भन्दै त्यसतर्फ सचेत हुन राजनीतिक नेतृत्वलाई सुझाव दिएका छन । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको पुस्तक नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादको विमोचन गर्दै उनले सो कुरा बताएका हुन । सनातन धर्मको संरक्षण गर्नुपर्ने र धर्मान्तरमा बन्देज लगाइएकोले यसका विषयमा नेतृत्वले ध्यान दिनुपर्ने बताए। उनले मदन भण्डारीका नाममा बनाइने चुरेमार्गले मधेशमा पानीको हाहाकार हुने भन्दै चिन्तासमेत व्यक्त गरेका छन ।

Show More

Related Articles

Back to top button