समाचार

काँग्रेसका वफादार सिपाही नन्दप्रसादका सुपुत्र नकुलको निधन

९ जेठ, काठमाडौैँ
नेपाली काँग्रेस धादिङमा आवद्ध नकुल प्रसाद सिम्खडाको असामयीक निधन भएको छ । धादिङ जिल्ला गंगा जमुना गाउँपालिका वडा नंवर ४ स्थाई ठेगाना भै हाल तारकेश्वर नगरपालिकामा बसोबास गदै आउनुभएका शिक्षक संघमा आवद्ध हुनुभै कामकाज गर्नुभएका सेवा निवृत नेपाली काँगे्रस क्रियाशील पार्टीका वफादार सिपाही नन्दप्रसाद सिम्खडाका सुपुत्र नकुलको २०७७ साल जेठ ७ गते निधन भएको हो । उहाँको निधनप्रति वीपी विचार राष्ट्रिय समाजले गहिरो दुःख ब्यक्त गरेको छ ।
 
समाजका प्रदेश नंवर ३ संयोजक खेमराज सेढाई तथा वीपी विचार समाज धादिङका सभापति हरिभक्त त्रिपाठीले शोक सन्तब्द परिवारप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको हो । नकुल सिम्खडाका सुपुत्र राजन सिम्खडा, सुजन सिम्खडा,छोरीहरु क्रमश ः श्रुति सिम्खडा,सरिना सिम्खडा,मेनुका सिम्खडा र सुप्रिया सिम्खडा हुनुहुन्छ ।  समाजसेवी सिता सिम्खडाका श्रीमान नकुलप्रसाद सिम्खडाको निधनप्रति नेपाली काँगे्रस केन्द्रीय कार्यालयले पनि समवेदना प्रकट गरेको थियो ।

nema
Show More

Related Articles

Back to top button