समाचारविश्व

पोर्चुगलले रोक्ला स्पेनको अपराजित यात्रा ?

 
१ असार, काठमाडौैँ÷ युरोपका दुई छिमेकी प्रतिद्धन्दी पोर्चुगल र स्पेनले आज रुसको सोची शहरमा अर्काविरुद्ध भिड्दै विश्वकप यात्रा थाल्नेभएका छन् । ओलम्पियस्की स्टेडियम स्फिट्मा हुने यस खेललाई समूह चरणकै सबैभन्दा ठूलो प्रतिस्पर्धाको रुपमा हेरिएको छ ।

यी दुई देशबीच सन् २०१२ को युरोकपपछि ठूला प्रतियोगितामा हुन लागेको यो नै पहिलो भेट हो । त्यतिबेला गोलरहित बराबरीमा सकिएको खेल स्पेनले टाइब्रेकरमा पोर्चुगललाई हराएको थियो । स्पेन सन् २०१० को विश्वकप तथा सन् २००८ र सन् २०१२ को युरोकप विजेता हो । पोर्चुगल अहिलेको युरोपेली विजेता हो । त्यसैले पनि क्रिष्ट्रियानो रोनाल्डो र रिकार्डो क्वारिज्माजस्ता अनुभवी तथा बर्नार्डो सिल्भा, आन्द्रे सिल्भाजस्ता युवा खेलाडीहरुको साथ पाएको पोर्चुगल निकै उत्साहित छ ।
 

इतिहास हेर्ने हो भने दुई टोलीबीच भएका ३५ खेलमा पोर्चुगलले मात्र ६ खेल जीतेको छ भने स्पेनले १६ मा जीत हासिल गरेको छ । यसमध्ये १३ खेल बराबरीमा सकिएको छ ।
 

यसक्रममा स्पेनले ७२ तथा पोर्चुगलले ४१ गोल गरेको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button