breakingसमाचार

निवर्तमान सञ्चार मन्त्री बाँस्कोटा विरुद्ध अख्तियारमा उजुरी

११ फागुन, काठमाडौैँ÷ निवर्तमान सञ्चार तथा सूचना प्रविधि र सहरी विकासमन्त्री गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । सुनसरीका प्रितम सुवेदी र दोलखाका विजयबाबु शिवाकोटीले अख्तियारमा उजुरी दिनुभएको हो ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा स्वीजरल्यान्डस्थित एक कम्पनीका स्थानीय प्रतिनिधिसँग करोडौँ घुस मागेको र उक्त प्रक्रियामा आफूले घुस खाने उद्देश्यले अनुमानित लागत बढाउन खोजेको अडियोमा स्पष्ट भएकाले भ्रष्टाचारजन्य कसुरमा छानबिन गरी कारबाही गर्न उजुरीमा माग गरिएको छ ।
विभिन्न सरकारी ठेक्कामा बाँस्कोटाले हस्तक्षेप गरेकोले ती ठेक्काबाट पनि अनुचित लाभ लिएको हुनसक्ने सम्भावना रहेको उजुरीमा जनाइएको छ ।बाँस्कोटा प्रधानमन्त्रीको निजी निवासमा बसिरहेकोले तत्कालै त्यसको खानतलासी लिएर उनका आफन्त वा सहयोगीहरूको बैंक खाताको बारेमा पनि बुझ्न उजुरीमा उल्लेख गरिएको छ ।

nema
Show More

Related Articles

Back to top button