breakingसमाचारविचारवी पी विचार

नेपाल टी-२० मा पोखराको तेस्रो जित,

 २०७९ पुष १८

१८ पुस, काठमाडौं  ।

काठमाडौं नाइट्सलाई ५ विकेटले हराउँदै पोखरा एभेन्जर्सले नेपाल टी–२० लिग  क्रिकेट प्रतियोगितामा तेस्रो जित हात पारेको छ ।

पोखराका लागि ओपनर सुमित महर्जन र कप्तान उपुल थरङ्गाले तेस्रो विकेटका लागि ११२ रनको शतकीय साझेदारी गर्दै पोखराको जितको आधार तय गरेका थिए ।

कप्तान उपुल थरङ्गाले ५८ रन र ४९ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे ।

जितका लागि १६५ रनको लक्ष्य पछ्याएको पोखराका लागि सुमितले सर्वाधिक ७६ रनको अर्धशतकीय पारी खेले । उनले ५२ बलमा ७ चौका र ३ छक्का प्रहार गरेका हुन् ।

nema
Show More

Related Articles

Back to top button