समाचारनेपाली कांग्रेस

कांग्रेसले बाढी, पहिरो र डुबानबाट धनजनको क्षतिप्रति दु:ख प्रकट

काठमाडौँ — कांग्रेसले बाढी, पहिरो र डुबानबाट देशका विभिन्न भागमा भएको ठूलो धनजनको क्षतिप्रति दु:ख प्रकट गरेको छ ।

भक्तपुरको चांगुनारायण नगरपालिका–७ मझुवा टोलमा पहिरोले घर पुरिदा एकै परिवारका ३ जनाको मृत्यु भएको, राजधानीको नजिकैको भक्तपुर र काभ्रेमा बाढीले घरहरु डुबानमा परेका, खाद्यवस्तु भिजेर नष्ट भएको, बिजुलीको असुविधा भएको र घरभित्रका व्यक्तिहरु बाहिर निस्कन नसक्ने अवस्था रहेको भन्दै कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।
पहिरोमा परी जीवन गुमाएका प्रति समवेदना प्रकट गर्दै कांग्रेसले सरकारलाई प्रभावित क्षेत्रमा राहत समाग्रीलगायत अवरुद्ध सेवा सुविधाहरु यथाशीघ्र सुचार गर्न आग्रह गरेको छ ।

प्रकाशित : असार २८, २०७५ १८:४४

nema
Show More

Related Articles

Back to top button