समाचार

नेपाल–भारत परराष्ट्र मन्त्री सम्मिलित आयोगको आगामी बैठकको मुख्य एजेण्डा सीमा विवाद

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा मन्त्री ज्ञवालीले यहि डिसेम्बर अन्तिममा भारतको राजधानी दिल्लीमा हुने परराष्ट्र मन्त्री सम्मिलित आयोगको बैठकमा सीमा विवादको विषय समाधानका सम्बन्धमा छलफल हुने बताएका हुन् ।
गएको वर्ष नेपालमा भएको सो आयोगको बैठक योपटक नयाँ दिल्लीमा हुँदैछ ।
परराष्ट्र मन्त्री ज्ञवालीले हालैको भारतका विदेश सचिव हर्ष वर्द्धन शृङ्गलाको भ्रमणपछि सम्बन्ध सुधारको प्रक्रिया सुरु भएको बताए ।
भारतीय गुप्तचर निकाय रअका प्रमुख सामन्तकुमार गोयल र विदेश सचिव शृङ्गलाको भ्रमणका बेला सीमा विवादबारे छलफल नभए पनि त्यसले दुई देशबिच सम्बन्ध सुधारका लागि मार्ग भने खुलाएको मन्त्री ज्ञवालीले बताएका हुन् । उनले भने, ‘अब मन्त्रीस्तरीय आयोगको बैठकमा सीमा विवादबारे औपचारिक रुपमा एजेण्डा बनाएरै छलफल हुन्छ ।’
समितिको बैठकमा सांसदहरुले दुई छिमेकी देश भारत र चीनबाट पछिल्लो पटक भइरहका उच्चस्तरीय भ्रमणलाई लिएर दुई देशबिचको होडबाजीलाई सरकारले प्रश्रय किन दिएको भनेर प्रश्न गरेका थिए ।
त्यसको जवाफमा मन्त्री ज्ञवालीले सबै भ्रमणहरु स्वाभाविक र नियमित रहेको बताउँदै दुवै देशसँग सन्तुलित सम्बन्ध कायम गरेर अघि बढ्न सरकार प्रतिवद्ध रहेको जानकारी दिए ।
 
nema
Show More

Related Articles

Back to top button