breakingसमाचार

पश्चिम सेतीबारे चिनियाँ कम्पनीसँग वार्ता हुँदै

१२ भदौ, काठमाडौं । ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजनाबारे चिनियाँ कम्पनी थ्री गर्जेजसँग सरकारले मंगलबार र बुधबार वार्ता गर्नेभएको छ । द्धिपक्षीय वार्ताको लागि चिनियाँ कम्पनी थ्री गर्जेजसम्बद्ध सहायक कम्पनी सीडब्लुई इन्भेष्टमेन्टको टोली राजधानी काठमाडौंमा छ ।
आयोजनाका सम्बन्धमा राखिएका ‘रिजर्भेसन’बारे लगानी बोर्डले वार्ताका लागि चिनियाँ कम्पनीको टोलीलाई काठमाडौं बोलाएको हो । सरकारले थ्री गर्जेजको यथोचित माग भए सम्बोधन गर्दै एकपटक बनाउन मौका दिने गरी वार्ता गर्न लागेको हो ।
वार्तामा आयोजनाको क्षमता घटाएर ५५० देखि ६२० मेगावाटमा निर्माण गर्न सरकारले कम्पनीलाई प्रस्ताव गर्नेछ । १० वर्षसम्म डलरमा पीपीए गर्न सहमति दिँदै सरकारले चिनियाँ टोलीलाई आयोजना निर्माणबाट पछि नहट्न आग्रह गर्नेछ । आयोजनालाई ६ सय मेगावाटमा झार्न थ्री गर्जेजले यसअघि नै माग गरेको थियो । तर, सरकारले स्वीकारेको थिएन ।
लगानी बोर्डका एक उच्च अधिकारीकाअनुसार यो पटक हुने वार्ताले पश्चिम सेतीमा चिनियाँ कम्पनी रहनेरनहरने निक्र्योल गर्ने बताए ।
काठमाडौं आएको चिनियाँ टोलीले ऊर्जा र अर्थमन्त्रीसँग पनि भेट गरेर आफ्ना चासोे जानकारी गराउने तय भएको छ । यो कम्पनीले आयोजना बनाउने वातावरण तयार गर्न सरकारलाई निरन्तर दबाव दिइरहेको छ ।
सरकारले चालु आर्थिक वर्ष ०७५र०७६ को बजेट भाषणमार्फत पश्चिम सेती आन्तरिक लगानीमा निर्माण गर्ने भनेर घोषणा गरेको थियो ।
चीनमा नेपालप्रति नकारात्मक सन्देश नजाओस् भन्नका लागि एकपटक आयोजना निर्माण गर्नका लागि अवसर दिने गरी यो वार्ता तय भएको हो । दुई दिनसम्म काठमाडौंमा चल्ने वार्ताले पश्चिम सेतीमा उत्पन्न अन्योल चिर्ने अपेक्षा गरिएको छ ।

nema
Show More

Related Articles

Back to top button