समाचार

दुर्गा प्रसाईलाई कारवाहीको माग गदै काँगे्रसका सांसदद्धारा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

१२ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तीन सांसदले बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् ।
सांसद डिला संग्रौला प्रस्तावक रहेको प्रस्तावको समर्थकमा लक्ष्मी परियार र प्रमिला राई छन् । प्रसाईंले बंगलादेशमा एमबीबीएस अध्ययनरत छात्राहरुप्रति अपमानपूर्ण अभिव्यक्ति दिएर संविधान र कानुनको उल्लंघन गरेको उनीहरुको दाबी छ ।
‘स्वदेशमा मेडिकल शिक्षा आर्जनको यथोचित व्यवस्था नहुँदा रहर वा बाध्यताले विदेशमा गएर उच्च शिक्षा हासिल गर्न बाध्य हाम्रा चेलिवेटीहरुप्रति प्रसाईंले दिएको अभिव्यक्तिले उनीहरुको इज्जत, मान र प्रतिष्ठामाथिमात्र धावा बोल्ने काम भएको छ’ प्रस्तावमा उल्लेख छ ।
प्रसाईंले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत छात्राहरुमाथि यौन दुर्व्यवहार हुने गरेको अभिव्यक्ति दिएका थिए ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button