समाचारनेपाली कांग्रेस

पूर्व सभासद दिवाकर गोल्छाको निधन

२७ चैत, काठमाडौैँ÷ पूर्व सभासद एवं उद्योगी दिवाकर गोल्छाको निधन भएको छ । मंगलबार भारतको चेन्नईमा ६७ वर्षको उमेरमा गोल्छाको निधन भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भइसकेका गोल्छाको औद्योगिकरणमा महत्वपूर्ण भूमिका छ । उद्योग संगठन मोरङको संस्थापक सदस्य हुँदै उनी उद्योग वाणिज्य महासंघको उपाध्यक्षसम्म भएका थिए ।
२ दर्जन बढी उद्योगको नेतृत्व गरेका गोल्छाको नेपालमा औद्योगिक क्षेत्रमा ठूलो लगानी थियो । उनको हुलास वायर, हुलासका खाद्यान्न, श्रीराम सुगर मिल, इष्टर्न सुगर मिल, हुलास जस्तापाता लगायतमा ठूलो लगानीमा उद्योग संचालित छन् । गम्भीर बिरामी भएका गोल्छाको ‘किड्नी ट्रान्सप्लान्ट’ गरेको दुई सातापछि निधन भएको हो । गोल्छा नेपाली कांग्रेसबाट पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद समेत भएका थिए ।

nema
Show More

Related Articles

Back to top button