समाचार

गुठी विधेयकको विरोध गदै आन्दोलन सुरु÷प्रहरी दमनमा केही घाइते

काठमाडौं । गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोध गर्दै आन्दोलनमा उत्रिएकामाथि प्रहरीले ब्यापक दमन गरेको छ । आइतबार माइतीघर मण्डलमा गुठीसम्बद्ध विभिन्न संघसंस्थाले सामूहिक रुपमा आयोजना गरेको विरोध कार्यक्रममा प्रहरीले दमन गरेको हो ।
सो क्रममा डा. महेशमान श्रेष्ठ, अनिश वैद्य पक्राउ परेका छन् भने महेश्वर रञ्जीतकार घाइते भएका छन् । रञ्जीतकारको टाउको फुटेको बताइएको छ । घाइते रञ्जीतकारलाई उपचारका लागि आन्दोलनकारीहरुले प्रहरीको घेरा तोड्दै अन्नपूर्ण न्यूरो अस्पताल पु¥याएका छन्। पक्राउ परेका श्रेष्ठ नेवाः राजनीतिक अभियानका संयोजक समेत हुन ।
आन्दोलनरत नेपाल भाषा मङ्का खलःका सचिव नरेशवीर शाक्यले “गुठी विधेयक संस्कृतिविरोधी, जनताविरोधी भएको बताए । यसरी दमन गरेर समस्या समाधान नहुने उनको तर्क छ । दमन भयो भने थप सशक्त आन्दोलन हुने उनले चेतावनी समेत दिएका छन् । आन्दोलनकारीमाथि प्रहरीले पानीको फोहरा चलाएपछि आन्दोलनकारी र प्रहरीबीच असामान्य अवस्था सिर्जना भएको थियो ।
आन्दोलनकारीहरुले भूमाफिया पोस्ने विधेयक खारेज गर, संस्कृतिमाथिको हस्तक्षेप बन्द गर लेखेका प्लेकार्डसहित प्रदर्शन गरेका थिए । ०७६ वैशाख १७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सो विधेकयक राष्ट्रिय सभामा दर्ता गरेको छ ।

nema
Show More

Related Articles

Back to top button