समाचार

आगामी पाँच बर्षभित्र देशका सबै स्थानीय तहमा १५ शैैयाको अस्पताल निर्माण हुने

१६ वैशाख, काठमाडौैँ÷ आगामी पाँच वर्षभित्र देशको सबै स्थानीय तहमा १५ शैयाकोे अस्पताल निर्माण हुने भएको छ । निशुल्क आधारभूत स्वास्थ्य सेवा स्थानीय तहमै प्रदान गर्ने उद्देश्यले नेपाल सरकारले देशको ७ सय ५३ वटै स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण गर्ने तयारी गरेको हो । पहिलो चरणमा देशको २ सय ५१ स्थानीय तहमा १५ शैैयाको अस्पताल निर्माण गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र यादवले जानकारी दिए । आकस्मिक स्वास्थ्य सेवा कार्यान्वयन गर्न र स्वास्थ्य सेवालाई नियमित, प्रभावकारी, गुणस्तरीय तथा सर्वसुलभ बनाई नागरिकको पहुँच स्थापित गर्न १५ शैयाको अस्पताल निर्माण गर्ने आर्थिक वर्ष २०७५÷ ७६ को नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्न स्थानीय तहको सिफारिस अनिवार्य गरिएको छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पहिलो चरणमा २ सय ५१ स्थानीय तहबाट निवेदन परेको छ । योजना कार्यान्वयन गर्न चालु आर्थिक वर्ष मा सरकारले ७५ करोड बजेट विनियोजन गरेको छ ।

nema
Show More

Related Articles

Back to top button