समाचार

नेपाली सर्वे टोलीद्धारा पहिलो पटक सगरमाथाको उचाई नापियो

८ जेष्ठ, काठमाडौैँ÷ नेपालको सर्वे टोलीले पहिलो पटक सगरमाथाको उचाइ नापेको छ । बुधबार बिहान ३ बजे सगरमाथा चुचुरोमा पुगेर टोलीले उचाइ नापेको हो । नापी अधिकृत खिमलाल गौतम, रविन कार्र्की र गाइड नेपाल माउन्टेयरिङका प्रमुख छिरिङ जाङगु शेर्पा चुचुरोमा पुगेर सगरमाथाको नाप गरेको भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता सहसचिव जनकराज जोशीले जानकारी दिए । नापी टोली नेपालतर्फको दक्षिण मोहोडाबाट चुचुरोमा पुगेको र टोली बुधवारनै काठमाडौैँ फर्कने जोशीले बताए । सगरमाथाको उचाइ कति भन्ने ५ महिनापछि मात्रै थाहा हुने उनले जानकारी दिए ।

nema
Show More

Related Articles

Back to top button