समाचार

संसद बैठकमा विपक्षी सांसदको नाराबाजी, बिहिबारसम्मका लागि बैठक स्थगित

काठमाण्डौ÷ सर्लाही घटनाबारे छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले बुधबार पनि संसद बैठक अवरुद्ध गरेका छन् ।
११ बजेदेखि सुरु भएको बैठकमा विपक्षी दुवै दलले एक घण्टादेखि नाराबाजी गर्दै बैठक अवरुद्ध पारेपछि बैठक बिहिबार दिउँसो २ बजेसम्मको लागि स्थगित भएको छ ।
यसअघी सभामुख कृष्णबहादुर महराले बैठक सुरु गर्नासाथ दुवै दलका सांसदहरु बसेको ठाउँबाट जर्‍याकजुरुक उठ्दै विरोध जनाएका थिए ।
सभामुख महराले विपक्षी दलको विरोधबारे आफू र सरकारलाई जानकारी भइसकेको भन्दै बस्न अनुरोध गरे पनि दुवै दलका सांसदहरुले बस्न इन्कार गरे ।
विपक्षी दलका सांसदहरुले उभिएर विरोध जनाइरहे पनि सभामुख महराले शून्य समय प्रारम्भ भएको भन्दै बैठक अघि बढाउन खोजेपछि दुवै दलका सांसदहरु रोष्ट्रम घेराउ गर्दै नाराबाजीमा उत्रिएका हुन ।
सर्लाही घटनाबारे संसदीय छानबिन समिति गठन नगरेसम्म बैठक अवरुद्ध पारिरहने दुवै दलका सांसदहरुले बताएका छन् ।
प्रमुख प्रतिपक्षी कांग्रेस र राजपा पछिल्लो समय संसदमा सरकारको विरुद्धमा कार्यगत एकता गरेर अघि बढेका छन् । मिल्ने जति विषयमा मिलेर सरकारको विरोध गर्ने र मिल्न नसक्ने विषयमा दुवै दलले एक अर्काको विरोध नगर्ने सहमति गरेर उनीहरु अघि बढेका हुन् । अहिले पनि दुवै दलका सांसदहरुले रोष्ट्रम अगाडि नाराबाजी गर्दै बैठक अवरुद्ध पारिरहेका छन् ।

nema
Show More

Related Articles

Back to top button