समाचार

सिके राउतबीच भएको सहमतिबारे सरकारले संसदमा प्रष्ट पार्नुपर्ने सांसद लिङदेनको माग

काठमाडौं, फागुन २६ । सांसद राजेन्द्र लिङ्देनले सरकार र सिके राउतबीच भएको सहमतिबारे सरकारले संसदमा प्रष्ट पार्नुपर्ने माग गरेका छन् ।

स्वतन्त्र मधेस गठबन्धनलाई सरकारले लोकतान्त्रिक शक्तिका रुपमा व्यवहार गर्ने भनिएकोबारे समेत उनले प्रश्न गरे । मधेसलाई अलग राष्ट्र बनाउने लक्ष्य लिएको संगठनलाई लोकतान्त्रिक शक्तिका रुपमा सरकारले मान्यता दिनुको अर्थ प्रष्ट पार्न लिङदेनले माग गरे ।

सहमति गर्दा वा सहमति भइसकेपछिको अवस्थामा सिके राउतले विगतप्रति क्षमायाचना गरेको कहीँ नदेखिएको भन्दै सांसद लिङ्देनले सरकारलाई प्रश्न गरे, ‘सरकार जनमत संग्रह गर्न तयार भएको हो ?

उनले सिके राउतकै माग अनुसार सरकार यदि जनमत संग्रह गराउन तयार भएको हो भने त्यो आफूहरुलाई कुनै पनि हालतमा मान्य र स्वीकार्य नहुने उनको भनाइ थियो ।

nema
Show More

Related Articles

Back to top button