समाचार

कुवेतको मुतलामा ढुङ्गा खानीमा पुुरिएर चार नेपालीको मृत्यु

१ फागुन
कुवेतको मुतलामा ढुङ्गा खानीमा पुरिएर चार नेपालीको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । तीन जनाको उद्धार गर्न बाँकी रहेको जनाएको छ । यनीहरुको परिचय खुलेको छैन । निर्माणस्थलमा बालुवा र गिट्टीको थुप्रो खसेपछि घाइते भएका सात जनाको उद्धार गरिएकामा चार जनाको मृत्यु भएको र उनीहरु नेपाली रहेको समाचार संस्था अरब टाइम्सले जनाएको छ ।
श्रमिकहरु खाडलमै भएका बेला ढुङ्गा फुटाउन बिस्फोट गराइएको थियो । नेपाली निर्माणस्थलमा कार्यरत अन्य श्रमिकहरुले दुर्घटनास्थलको तस्वीर सामाजिक सञ्जालमा राखेपछि घटना सार्वजनिक भएको हो । उनीहरुका अनुसार अहिलेसम्म सुरक्षाकर्मीले ६ जना मजदुरको शव खाडलबाट बाहिर निकालेको छ । अन्यको खोजीकार्य भइरहेको छ ।

nema
Show More

Related Articles

Back to top button