समाचार

काठमाडौैँ उपत्यकामा रहेका ४ पोखरी गायव ।

२०, जेष्ठ काठमाडौैँ÷अढाई सय वर्ष पुरानो लालमोहरमा उल्लेख काठमाडौं उपत्यकामा रहेका चार पोखरी लोप भएका छन् । विक्रम सम्वत १८३३ सालको लालमोहरमा उल्लिखित चार पोखरी अहिलेसम्म काठमाडौंको कुनै कुनामा छैनन् । सबै पोखरी अतिक्रमण गरी घरैघर बनाइएको छ । २०४३ सालमै काठमाडौंका भिल्तुँ पोखरी, सिन्दुवाल पोखरी, कैटाहिटीमुनिको पोखरी र इखा पोखरी नजिकको पोखरी लोप भइसकेका थिए। तत्कालीन राजा वीरेन्द्रको हुकुमबक्सबमोजिम २०४३ असोज १६ गते राजाको प्रमुख सचिवालयले हराएका पोखरी खोजी गर्न गुठी संस्थानलाई निर्देशन दिएको गुठीको अभिलेखमा उल्लेख छ । राजाको निर्देशनपछि खोजी गुठी लगत तथा तहसिल कार्यालयमा रहेको १९४७ सालको लगतमै भिल्तुँ पोखरी बेपत्ता पाइएको र हालसम्म खोजी गर्दा पनि पत्ता नलागेको अभिलेखमा उल्लेख छ ।
अन्नपूर्ण पोष्टमा समाचार छापिएको छ ।

nema
Show More

Related Articles

Back to top button