नेपाली कांग्रेससमाचार

ट्रेड युनियन कांग्रेसमा देखियो गुटको लडाइँ


२९ जेठ, काठमाडौं । नेपाली कांग्रेसभित्रको गुटको लडाइँ नेपाल ट्रेड युनियन कांग्रेसमा मुखरित भएको छ ।
ट्रेड युनियन कांग्रेसको छैटौं महाधिवेशनमा सोमबार काठमाडौंमा सुरु भएको छ । उद्घाटन सत्रमा सबै शीर्ष नेताहरु उपस्थित थिए भने अहिले नेताहरु आफ्नो गुटका लागि लबिङ गर्न आफैं महाधिवेशन स्थलमा व्यस्त छन् ।
देउवा समूहबाट वर्तमान अध्यक्ष खिलानाथ खनाल उम्मेदवार छन् भने पौडेल समूहबाट वरिष्ठ नेता पुष्कर आचार्य छन् । आचार्यलाई कृष्ण सिटौला, अजुननरसिंह केसी लगायत देउवा विरोधी सबैको समर्थन रहेको छ ।
स्रोतका अनुसार आम चुनावपछि सहमतिमा जोड दिँदै आएका महामन्त्री शशांक कोइराला पनि महाधिवेशन स्थलमा आचार्यलाई भोट माग्दै गरेको भेटिएको छ ।
देउवा र पौडेल समूहले ट्रेड युनियनको चुनावलाई प्रतिष्ठाको विषय बनाएका छन् । ‘ट्रेड युनियनमा कांग्रेसका रियल क्याडर छन् । यसको हार जितले अहिले चलिरहेको ध्रुविकरणको प्रयासमा ठूलो अर्थराख्छ’ ट्रेड युनियनका एक नेताले भने, ‘त्यसैले दुबै पक्ष कुनै पनि हातलमा चुनाव जित्न चाहन्छ ।’
कर्मचारी, शिक्षक, इञ्जिनियरिङको चुनाव हारेको देउवा समूह यो चुनाव जसरी पनि जित्ने प्रयासमा छ । तर, रामचन्द्र पौडेल, कृष्ण सिटौला, अर्जुननरसिंह केसी लगायत सबै एक ठाउँमा आएकाले त्यति सजिलो छैन ।

२०७५ जेठ २९ गते २१:३० मा प्रकाशित

Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button