समाचार

वीपी विचार समाज ३ नंवर प्रदेशका उपसचिव गौतमको छोरी मनिताको निधन

२९ बैशाख, काठमाडौैँ
वीपी विचार राष्ट्रिय समाज प्रदेश नंवर ३ का उपसचिव एवं नेपाली कांग्रेस सिन्धुली क्षेत्र नम्बर १ का पूर्व क्षेत्रीय सभापति कृष्ण गौतमको छोरी एवं नेबिसंघ सिन्धुली जिल्ला अधिबेशन प्रतिनिधि मनिता गौतमको अल्पायुमै असामहिक निधन भएको छ । उनको निधनप्रति वीपी विचार राष्ट्रिय समाजले गहिरो दुःख ब्यक्त गरेको छ ।
समाजका केन्द्रीय सभापति कुलबहादुर(केवी) गुरुङ तथा सहसभापति गोविन्दराज जोशीले शोक वक्तब्य जारी गदै मृत आत्माको चिर शान्तिको कामना गदै परिवारजनमा धैर्य धारण गर्ने सक्ने शक्ति प्रदान गरुन भन्दै पशुपतिनाथसँग प्राथना गर्नुभएको छ । मनिताको निधनप्रति समाजका प्रदेश नंवर ३ का संयोजक खेमराज सेढाइले समेत दुःख ब्यक्त गर्नुभएको छ ।

Show More

Related Articles

Back to top button