समाचार

आगामी चुनावसम्म धैर्य गर्नुस्, त्यसपछि प्रधानमन्‍त्री रहने मन छैन ः प्रधानमन्त्री ‌‌ओली

काठमाडौं÷ प्रधानमन्त्री केपी शर्मा ओलीले पुरा अवधि सरकारको नेतृत्व आफूले लिने स्पष्ट पारेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले आगामी चुनावसम्म धैर्य गर्न आग्रह गरेका हुन्। उनले भने, ुआगामी चुनावपछि प्रधानमन्‍त्रीमा रही रहने मन छैन।
अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व आलोपालो गर्ने भद्र सहमति भएको दाबी गरिरहेका बेला ओलीको यो अभिव्यक्तिलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रचण्डले सरकारको नेतृत्व आलोपालो गर्ने भद्र सहमतिअनुसार साढे दुई वर्षपछि आफूले नेतृत्व पाउनुपर्ने आशयसहितको दाबी गर्दै आएका छन्। ओलीले भने घुमाउरो रुपमा त्यो संभावनालाई इन्कार गरेका हुन ।
प्रधानमन्त्री ओलीले तत्काल सरकार परिवर्तन हुने कुनै संभावना नरहेको समेत बताए ।
प्रधानमन्त्री ओलीले संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र जनताको शासन विरोधी क्रियाकलापहरु नगर्न चेतावनी दिए ।ओलीले राजतन्त्र फर्काउँछौं भन्‍नु बेमौसमको बाजा टिप्पणी गरे।
उनले भने, चिहानमा गएर हड्डी फुकेर त्यो संस्था फर्काउँछु भन्ने खालका परिकल्पना गरेर उफ्रिरहेको देखिन्छ। यो बेमौसमको बाजा नबजाए हुन्थ्यो। ती शक्तिहरु जिउँदै हुँदा तिनलाई हामीले ठेगना लगाएका हौं।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button