समाचार

त्रिभुवन माविको बार्षीक उत्सव एव स्वर्ण महोत्सवको समुदघाटन प्रथम राष्ट्रपति यादवबाट

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले त्रिभुवन माध्यामिक विद्यालय मानेचौका तनहुँको पचासौै बार्षीक उत्सव एवं विद्यालयको स्वर्ण महोत्सवको स्वर्ण महोत्सव स्तम्भको अनावरण एवं पानसमा बत्ति बालेर समुदघाटन गर्नुभएको छ । उक्त अवसरमा बोल्नु हुँदै डा. यादवले , जनसहभागितामा सञ्चालित विद्यालयले बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा दिन सफल भएकोमा प्रसन्नता ब्यक्त गर्नुभयो । शिक्षकहरुको भूमिका कक्षा कोठामा अध्यापन गरेर मात्रै जिम्मेवारी पुरा हुँदैन, शिक्षकहरुले अब प्राकृतिक वातावरणको संरक्षण गर्न र विद्यार्थीहरुमा खोजमुलक ज्ञानको विकास गर्न शिक्षकहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ भन्नुभयो ।
 
सोही कार्यक्रममा बोल्नुहुँदै उक्त विद्यालयका संस्थापक एवं पूर्वमन्त्री गोविन्दराज जोशीले यस विद्यालयबाट प्रवेशिका परिक्षा उर्तिण गरि विश्वका विभिन्न कुनामा पुगेर आफ्नो प्रतिभा देखाउन सफल हुने र नेपालकै विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिई राष्ट्रको सेवा गर्नुहुने सम्पूर्ण विद्यार्थीहरुलाई वधाई दिदै प्रसन्नता ब्यक्त गर्नुभयो ।

विद्यालय सञ्चालन समितिका अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि डा. यादव र विशिष्ट अतिथि संस्थापक प्रधानाध्यापक जोशीले त्रिभुवन स्मारिकाको विमोचन गर्नुभयो । सो अवसरमा त्यस विद्यालयबाट एसएलसी उर्तिण गरि पिएचडी, मेडिकल डाक्टर, इन्जिनियर र अन्य विषयहरुमा विशिष्ट शिक्षा हासिल गर्ने विद्यार्थीहरुलाई सम्मानपत्र प्रमुख अतिथिले प्रदान गर्नुभयो । हालसम्म त्यस विद्यालयबाट करिव २ हजार ५ सय छात्रछात्राहरुले एसएलसी उर्तिण गरिसकेका छन् ।
भिडियो हेर्न यो लिन्कमा जानुहोला

nema
Show More

Related Articles

Back to top button