समाचार

यस बर्षको विद्यार्थी भर्ना अभियान सोमवारबाट सुरु

२ बैशाख, काठमाडौैँ÷ यस बर्षको विद्यार्थी भर्ना अभियान सोमवारबाट सुरु भएको छ । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पुर्‍याऔँ’ भन्ने नाराका साथ शिक्षा मन्त्रालयले कार्यक्रम शुरुवात गरेको हो ।
मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनुसार यस वर्ष ९१ हजार बालबालिका विद्यालय बाहिर छन् । गत वर्ष ६० हजार बढी बालबालिका विद्यालय बाहिर रहेकामा त्यो संख्या बढेर यस बर्ष ९१ हजार पुगेको हो । केन्द्रका प्रवक्ता दीपक शर्माका अनुसार पाँच बर्षदेखि नौ बर्ष उमेर समूहका २५ लाख ८३ हजार विद्यार्र्थीमध्ये गएको वर्ष २४ लाख ९२ हजार विद्यार्थी विद्यालयमा भर्ना भएका थिए । बाँकी रहेका ९१ हजार बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रहेका छन् । यो संख्यालाई आधार मानेर मन्त्रालयले स्थानीय तहसँग सहकार्य गरेर भर्ना अभियान कार्यक्रम शुरु गरेको जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button