समाचार

सांसदहरुको कोरोना रिर्पोट यस्तो आयो

२७ बैशाख, काठमाडौैँ
संघीय संसदका सदस्य, कर्मचारी र मर्यादापालकसहित २६१ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
संघीय संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाका अनुसार हिजो स्वाब संकलन गरिएका उनीहरुको परीक्षणपछिको रिपोर्टमा कोरोना संक्रमण नदेखिएको हो ।
बुधबारदेखि संघीय संसदका सदस्य र अन्यको कोरोना परीक्षण थालिएको थियो । संघीय संसदको बजेट अधिवेशन सुरु भएपछि उनीहरुको कोरोना परीक्षण गरिएको हो । आज पनि थप ७ जना सांसदहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । यसअघि बिहीबार संघीय संसद भवन परिसरमा ४४१ जनाको थ्रोट स्वाब संकलन गरि परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button