समाचार

विप्लवका नेताहरुलाई प्रहरी छोडदै पक्राउ गदै

२८ बैशाख÷जिल्ला अदालत उदयपुरले धरौटी राखेर हिजो तारेखमा रिहा गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय तथा जिल्ला नेताहरु पुनः पक्राउ परेका छन् । सो पार्टीका केन्द्रीय सदस्य किरण राई सहितका जिल्ला नेताहरुलाई हिजो जिल्ला अदालत, उदयपुरले धरौटी राखी तारेखमा रिहा गरकोमा पुनः पक्राउ परेको प्रहरीले बताएको छ । रिहा भएर पुनः पक्राउ पर्नेमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य किरण राई तथा सोही पार्टीका धनकुटा जिल्ला इन्चार्ज माधव पौडेल ,तेह्रथुम जिल्ला सदस्य दिप्शन लिम्बू, अर्का सदस्य नवराज भट्टराई र कमला लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।
 
पक्राउ गरिएको विषयमा उदयपुरका प्रहरी नायब उपरीक्षक मेघराज अधिकारीले नेपाल कम्युनिष्ट पार्टीआबद्ध नेताहरुलाई अदालतले हाल तत्काल तारेखमा रिहा गरेपनि उहाँहरुविरुद्ध मोरङ जिल्ला प्रहरी कार्यालयमा समेत विभिन्न आपराधिक विषयमा उजुरी दर्ता भएका कारण सोधपुछ गर्नुपर्ने हुनाले पुनः पक्राउ गरिएको बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button