समाचार

संघीय संसदको अधिवेशन वैशाख २३ गते गर्न सिफारिस

काठमाडौं, बैशाख १४ । सरकारले संघीय संसदको अधिवेशन वैशाख २३ गते आह्वान गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रवार बसेको बैठकले वैशाख २३ गते अपराह्न ४ बजे अधिवेशन आह्वान गर्न सिफारिस गरेको हो । राष्ट्रपतिले आह्वान गरेपछि प्रतिनिधिसभा र राष्ट्रियसभाको बजेट अधिवेशन शुरु हुनेछ । बैठकले वैदेशिक रोजगार न्यायाधीकरणको सदस्यमा सहन्यायाधीवक्ता रमादेवी पराजुलीलाई नियुक्त गरेको छ । यस्तै वीरगन्जको एकीकृत भन्सार जाँच चौकीको भन्सार क्षेत्र निर्धारणको सूचना राजपत्रमा प्रकाशित गर्ने र आन्तरिक शान्ति र सुव्यवस्थासम्बन्धी विधेयक तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

nema
Show More

Related Articles

Back to top button