breakingसमाचारनेपाली कांग्रेस

नेपाली कांग्रेसले केन्द्रदेखि वडासम्म राष्ट्रिय जागरण अभियान सञ्‍चालन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियान सञ्‍चालन गर्ने भएको छ ।
काँगे्रस केन्द्रीय कार्यलय सानेपामा मंगलबार गरिएको पत्रकार सम्मेलनमार्फत २०७६ सालमा तीन चरणमा केन्द्रदेखि वडासम्म राष्ट्रिय जागरण अभियान सञ्‍चालन गर्ने जानकारी दिइएको हो ।
ूकांग्रेसले पहिलो चरणमा वैशाख ११ बाट एक महिना, दोस्रो चरणमा भदौ २४ बाट १५ दिन र तेस्रो चरणमा पुस १६ बाट १० दिन राष्ट्रिय जागरण अभियान सञ्‍चालन गर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
अभियानको नाम ुहिमाल, पहाड, तराइ मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानु राखिने प्रवक्ता शर्माले जानकारी दिए ।
प्रवक‍्ता शर्माका अनुसार अभियानका महासमितिबाट पारित दस्ताबेजबारे कार्यकर्तालाइ सु(सूचित गर्ने, एकता बढोत्तरी, जागरण अभिवृद्धि, नेपाली कांग्रेसको अगुवाइमा उपलब्ध राजनीतिक उपलब्धीबारे सम्प्रेषण, संविधान संशोधनबारे जनमत सिर्जना लगायतका १४ उद्देश्यहरु रहने छन् ।
अभियान केन्द्रदेखि वडातहसम्म सञ्‍चालन हुनेछन्। जसअर्न्तगत काठमाडौंमाको अभियानलाई पार्टी सभापति शेरबहादुर देउवाले र अन्य जिल्लामा केन्द्रीय प्रतिनिधिले अभियानको उद्‍घाटने गर्ने बताइएको छ ।
पत्रकार सम्मेलनमा कांग्रेसका उपसभापती विमलेन्द्र निधि र विजयकुमार गच्छ्दार, महामन्त्री शशांक कोइराला, सहमहामन्त्री प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादवलगायतको उपस्थिति थियो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button